काठमाडौं–२ का उम्मेदवार तिलक थापा मगरको घरदैलो कार्यक्रममा तिब्रता

काठमाडौं, ६ फागुन ।
आम जनता पार्टी (आजपा) का सह अध्यक्ष एवं काठमाडौं–२ का उम्मेदवार तिलक थापा मगरले चुनावी भेटघाट, छलफल एवं घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।
मगरले आज पेप्सीकोलाको सनसिटीबाट सुरु गर्दै मनोहराको थली मा कोणसभा गरि सम्पन्न गरेको थियो। मगरले आम मतदातासंग चुनावी गतिविधिका बारेमा छलफलमा यसपटक मोबाइलमा मतदान गर्न अपिल गरेका छन् । काठमाडौ मुलुकको संघीय राजधानी भएकाले यसलाई सबै नेपालीको राजधानीको रुपमा विकास गर्ने प्रतिबद्धता उनले व्यक्त गर्दै मनोहरा र शाली नदीले दिईएका दुखको बारे स्पष्ट पारेका छन् ।
घरेलु उत्पादनलाई कानुनी मान्यता र प्रभावकारी प्रोत्साहन सहित कर प्रणालीमा सुधार गर्दै करको दर न्यूनीकरण, कर र घुसको अन्त्य गर्दै स्वदेशी उत्पादनमा विशेष जोड गर्ने । निशुल्क शिक्षा र स्वास्थय सुनिश्चित गर्नकै लागि मैले उम्मेदवारी दिएको हो,’ थापा मगरले भने ।
सुकुम्बासी पीडित संघर्ष संयोजक तथा समानुपातिक उम्मेदवार काल बहादुरले बताए ।
पानी, बिजुली, शिक्षा र स्वास्थय निशुल्क गर्दै शुन्य कर तथा भ्रष्टाचार मुक्त नेपाल निर्माण गर्दै रौतहटको मौलापुरमा भएको विभिन्न सेवा सुविधाहरु काठमाडौंबासीलाई उपलब्ध गराउने उदेश्य आफ्नो रहेको
बाताए ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE