काठमाडौं / आम जनता पार्टी (आजपा) ले ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउनआजपाले बैशाख २० मा भन्सार विभाग घेराउ गर्ने भएका छन ।
आज काठमाडौं उपत्यका विशेष कमिटीको सम्पन्न बैैैठकबाट बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने निर्णय भएको हो ।
भन्सार कानुनमा रहेको कथित ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधानविरुद्ध निर्णायक आन्दोलन गरिने आजपा अध्यक्ष प्रभु शाहले बताए। उनले आजको बैठकले पार्टी संगठन विस्तारको कार्ययोजना समेत निर्माण गर्ने निर्णय गरिएको जानकारी दिए।
भन्सार नियन्त्रणको नाममा तराई क्षेत्रका जनताको निजी सम्पत्ति लुट्ने काम तुरुन्त बन्द गर्न र भन्सार कानुनमा रहेको ४५ प्रतिशत पुरस्कारको लुटकारी प्रावधान हटाउन झण्डै ६ महिनादेखि आजपाले निरन्तर संघर्ष गर्दै आएको उनको भनाइ छ।
WRITE COMMENTS FOR THIS ARTICLE