युवा तथा खेलकुदमन्त्रीमा तेजुलाल चौधरी नियुक्त


काठमाडौ / सप्तरी–४ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित काँग्रेसका सांसद तेजुलाल चौधरी युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।
उनले ३१ असारमा नियुक्त अन्य २२ मन्त्रीसंगै पदको राष्ट्रपति शितल निवासमा शपथ ग्रहण गरेका छन् ।
.२०७९ मंसिरको चुनावमा उनी २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका थिए ।
गत प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा समेत तेजुलाल सोही क्षेत्रबाट विजयी भएका थिए । उनी दोस्रोपटक युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएको हो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE