राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्यलाई मनोनित


बिहिवार ६ बैशाख २०८१
काठमाडौ / राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका छन्।
राष्ट्रपति पौडेलले सरकारको सिफारिशमा शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।
नेपालको संविधानको धारा ८६ को उपधारा २ खण्ड (ख) मा राष्ट्रिय सभामा सरकारको सिफारिशमा कम्तीमा एक महिलासहित तीन जना मनोनित गर्ने व्यवस्था छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनित गर्न सिफारिश गरेको थियो।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE