शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

इजरायली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

आइतबार १५ भदौ २०८२

काठमाडौं / इजरायलको आक्रमणमा परी यमनका प्रधानमन्त्री अहमद गालिब अल-रहावी मारिएको यमनका हुथी विद्रोहीहरूले दाबी गरेका छन्। तर, यो दाबीको स्वतन्त्र स्रोतबाट भने पुष्टि भएको छैन।

हुथी विद्रोहीहरूको भनाइमा गाजा युद्ध सुरु भएपछि यो उनीहरूको सबैभन्दा ठूलो क्षति हो, किनभने यस अवधिमा वरिष्ठ अधिकारीको मृत्यु भएको यो पहिलो घटना हो।

बिहीबार राजधानी सानामा भएको आक्रमणबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर, यस आक्रमणमा अन्य केही व्यक्ति घाइते भएको बताइएको छ।

एएफपीका अनुसार अल-रहावीलाई अन्तिमपटक बुधबार सानामा आयोजित एक सार्वजनिक कार्यक्रममा देखिएको थियो।

हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी योद्धा अहमद गालिब नासिर अल-रहावीको निधन भएको घोषणा गर्दछौं। उनका धेरै सहयोगीहरूसहित उनको मृत्यु भएको छ। उनलाई इजरायलले लक्षित गरेको थियो।’

वक्तव्यमा आक्रमणमा घाइते भएका उनका केही सहयोगीहरूको अस्पतालमा उपचार भइरहेको पनि उल्लेख छ। यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई निशाना बनाएको उल्लेख गरेको थियो। तर महदी मशातको वक्तव्यबाट हुथी विद्रोहीहरूको रक्षा मन्त्री मारिएका मध्ये परेका छन् वा छैनन् भन्ने प्रष्ट हुन सकेको छैन।

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका चीफ अफ स्टाफ, रक्षा मन्त्री र अन्य अधिकारीहरूलाई लक्षित गरेको दाबी गरेको थियो। तर महदी मशातको बयानले मारिएका व्यक्तिहरूमध्ये हुथी विद्रोहीका रक्षा मन्त्री पनि रहेका छन् वा छैनन् भन्ने स्पष्ट भएको छैन।

अहमद अल-रहावी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए। तर, वास्तविक सत्ता उनका उप-प्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा रहेको बताइन्छ। शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको कार्यभार औपचारिक रूपमा जिम्मेवारी दिइएको छ। source dcnepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x