शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

कलेज पढ्दै गरेका विद्यार्थीका लागि भाटभटेनीमा ‘पार्ट टाइम जब’काे व्यवस्था

  • 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares
बिहीबार २७ भदौ २०८१

काठमाडाैं / भाटभटेनी सुपरमार्केट्सले कलेज पढ्दै गरेका विद्यार्थीका लागि पार्ट टाइम जबकाे व्यवस्थालाई थप गर्न लागेकाे छ । हाल  काठमाडाैं उपत्यकामा यस्ताे व्यवस्था भएपनि उपत्यका बाहिरका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत पार्ट टाइम जबकाे व्यवस्था गर्न लागेकाे हाे ।

विद्यार्थीलाई लक्षित गरेर सिर्जना गरिएकाे यस्ताे राेजगारीमा काम गरेवापत हरेक साता पारिश्रमिक दिइने सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार देशभर दुई हजारकाे संख्यामा यस्ताे राेजगारी सिर्जना गर्ने तयारी भएकाे छ ।

विकसित मुलुकमा भएकाे पार्ट टाइम जबकाे व्यवस्था जस्तै नेपालमा पनि यस्ताे व्यवस्था गरिएकाे र यसबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीका लागि राहत हुने अध्यक्ष गुरूङले बताउनुभयाे । देशभर भएका विभिन्न स्टाेरहरूमा हाल १८ देखि २१ वर्ष उमेर समूहका सात सय बढी विद्यार्थीले यस्ताे राेजगारी पाइरहेकाे उहाँकाे भनाइ छ ।

काठमाडाैं उपत्यकाबाहिर शाखा विस्तार गर्ने क्रममा गत आइतबार  पोखराको तालचोकमा २८औँ स्टोर सञ्चालनका लागि भवन निर्माणकाे तयारी गरेकाे छ । सुपरमार्केट्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक गुरूङले स्टोर निर्माणका लागि भूमि पुजन गर्नुभएकाे थियाे ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x