काठमाडौं  / आम ट्रेड युनियन फेडेरेसन नेपालले १३५ औ बिश्व मजदुर दिवस आज विविध कार्यक्रम गरि मनाइएको छ।  कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा गरिएको आम ट्रेड युनियन फेडेरेसन र प्रगतिशील श्रमिक बचत समुहकाे संयुक्त आयाेजनामा पिकनीक कार्यक्रम सम्पन्न भएको थियो।

श्रमिकहरुकाे हकहितका लागि संघर्ष गर्ने र भ्रष्ट दलतंत्र नफाले
सम्म मजदुर बर्गकाे हकहित संरक्षण नहुने आम जनता पार्टीका बरिस्ठ उपाध्यक्ष तिलक थापा मगरले बताउनुभयो ।  उनले श्रमजीवी मजदुरहरुको दुख बुझ्न नसके तेस्रो जन आन्दोलनमा जुटन श्रमिकहरलाई अनुराेध पनि गरिएको छ।

पिकनिक कार्यक्रममा म्युजिकल चेर लगायतका खेलहरु भएको थियाे।बिजेताहरुलाई प्रमुख अतिथि तिलक थापा मगरले पुरुस्कार प्रदान गर्नुभएकाे थियाे।।उक्त पिक्निक कार्यक्रममा ट्रेड युनियन फेडेरेसनका इन्चार्ज धन कुमारी मगर,अध्यक्ष शिव थापा,महासचिव तेजनारायण चौधरी लगायत बोल्ने अधिकाङ्स बक्ताहरुले ८ घण्टा काम,८ घण्टा आराम ,८ घण्टा मनोरञ्जन मजदुरहरूलाई चाहिने भन्दै दलतन्त्रको कारण अझै मजदुरहरुले भनेजस्तो सेवा सुबिधा पाउन नसकेको बताएका थिए।