आइतवार, माघ १९, २०८२
Sunday, February 1, 2026

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ?

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

काठमाडौ / नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न नेपाली टोलीको घोषणा गरेको छ। क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन्। त्यस्तै देव खनाललाई ट्राभलिङ रिजर्भमा राखिएको छ।

टी-२० टिमबाट बाहिर रहेका भीम, आरिफ र अर्जुन एकदिवसीय टिममा फर्किएका छन्। नेपालले भदौ ३१ गतेदेखि ओमान र क्यानडासँग आईसीसी लिग २ को खेल खेल्दैछ। क्यानडामा हुने खेल असोज १० सम्म हुनेछ। नेपालले पहिलो खेल सेप्टेम्बर १६ मा क्यानडासँग खेल्नेछ। त्यस्तै ओमानसँग सेप्टेम्बर १८, क्यानडासँग सेप्टेम्बर २२ र ओमानसँग सेप्टेम्बर २४ मा खेल्ने तालिका रहेको छ।

नेपालले लिग-२ अन्तर्गत अहिलेसम्म ४ खेल खेलेको छ। जसमा एक खेल मात्र जितेको छ भने ३ खेलमा हार बेहोरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x