राजतन्त्र इतिहासको चिहानबाट फर्केर आउनै सक्दैन : आजपा नेता तमाङ (भिडियो सहित)

मङ्गलबार १२ चैत २०८१
काठमाडौं / आम जनता पार्टी (आजपा) का उपाध्यक्ष ज्ञानेन्द्र तमाङ्ले राजतन्त्र इतिहासको चिहानबाट फर्केर आउन नसक्ने बताएका छन । राजतन्त्र हिजोको इतिहासले फालेको जुन सत्ता प्रणाली हो,जुन व्यवस्था हो त्यो नेपालमा आउनै सक्दैन ।उनले जयजनतासङ्गको कुराकानीमा बताउदै लोकतन्त्र केही दलका सिमित नेताहरूको लागि मात्र आएको बताए ।
उनले नेपालको राजनीतिक माहोल अहिले अलिकति बिग्रिएको अवस्था छ । जसमा नेपालको राजनीतिक एक खालको यथास्थितिवादीहरूले नेतृत्व गरिरहेको अवस्था छ । त्यसमा राजावादीहरू जो प्रतिगामी शक्ति भनेर नेपालको राजनीतिमा चिनिन्छ। प्रतिगामी शक्तिहरूले टाउको उठाइरहेको अवस्था छ । यस्तो अवस्थामा यथास्थितिवादी र प्रतिगामी शक्तिहरू प्रतिगमन तर्फ देशलाई लग्ने जमर्को छ। यसमा हामीले के खबरदारी गरिरहेका छौ भने, हामी भनेको अग्रगमन कार्य शक्ति देशलाई अग्रगमन दिशामा अगाडि बढाउनु पर्छ र आम नेपाली जनताको कुरिती र अधिकार स्थायित्व गर्नको निम्ति हामी निरन्तर लागि रहेका छौ । त्यसकारण हामीले भनेका छौ जो राजावादीहरू छन् देशमा जो हामी इतिहासले फालिएका जुन सत्ता छ त्यसको स्थापनाका लागि फेरि पनि टाउको उठाउने भैइरहेको छ, कुनै पनि हालतमा नेपालमा नेपाली समाज आम नेपाली जनताको बीचमा यो राजतन्त्र फर्किने वाला छैन र यथार्थवादी शक्तिहरू जो दल तन्त्रको नाममा आम नेपाली जनता माथि फेरि पनि दमन गरिरहेका शासन गरिरहेका अवस्थामा हामीले आम जनता पार्टीले हाम्रो पार्टीले नेपालको विकासको निम्ति आम जनता पार्टीको निम्ति र अग्रगमनकारी बाटो दिशामा अगाडि बढ्नुपर्दछ । हामीले आम नेपाली नागरिकको नागरिक सर्वोच्चता गर्दछ ।
हाम्रो पार्टीले अगाडि बढाइरहेको अवस्था छ । र हाम्रो पार्टीले जनतालाई अपिल गरिरहेको अवस्था पनि छ,
लोकतन्त्रको सबैभन्दा पहिलो शर्त भनेकै नागरिकको आफ्नो अधिकार स्थापित गर्नु हो, नेपाली जनताको नागरिक सर्वोच्चता कायम गर्नु हो, र हाम्रो लोकतन्त्रमा गणतन्त्र सहितको लोकतन्त्रमा मूल्य
स्थापित भयो त ? भएन ! तर व्यवहारमा आम जनताको बीचमा यो लागु हुन सकेन त्यसकारण एउटा खालको व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने एउटा भाष्य छ र हामी चै के भनिरहेका छौं भने व्यवस्था पनि खासै परिवर्तन भएन किनभने, व्यवस्था परिवर्तन भयो भने व्यवहारगत व्यवस्थाले दिएका जुन अधिकारहरू आम जनतामा लागु हुनु पर्दथ्यो । त्यो पनि भएन त्यसकारणले व्यवस्था माथि नै हाम्रो प्रश्न छ लोकतन्त्रिक गणतन्त्र भनिएको छ र नेपालमा रहेका आम नेपाली नागरिकहरू जो ९० % देखि ९५ % आम नेपाली नागरिकहरू जो उत्पिडि, अधिकारमा छन् । अधिकारबाट वंचित छन् तिनको अधिकार स्थापित हुन सकेन र त्यो अधिकार स्थायित्व हुन नसक्नुको कारण व्यवस्थामा नै हाम्रो प्रश्न हो र व्यवस्था खारेज हुनुपर्दछ बताएका हुन ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE