सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण यात्रु मारमा

सोमबार १९ जेठ २०८२
काठमाडौं / यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेसङ्गै काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो ।
कोटेश्वर(जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ । गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बारा पारित गरेको थियो ।
गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE