काठमाडौ / युवा संगीतकार विजय चौधरीको संयोजनमा थारु गीत लहान बजारमे सार्वजनिक भएको छ ।
सिरहा जिल्लाको लहान वरपरको सुन्दर दृष्यहरु समेटेर तयार पारिएको थारु गीतमा गितकार उदयनारायण चौधरी (उत्कर्षीं) को शब्द रहेको र उक्त गीतमा गायक मनिष चौधरी र गायिका जलजला परियारको स्वर रहेको छ ।
बीएम म्यूजिक प्रोडक्सन काठमाण्डौले लहान बजारमे बोलको गीत आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको हो ।
राष्ट्रिय थारु कलाकार मञ्च सिरहाको सहयोगमा निर्माण भएको भिडियोमा नितेश चौधरी र सुस्मिता चौधरीको अभिनय देख्न सकिन्छ । शिव चौधरीले खिचेको भिडियोलाई बिएम म्यूजिक प्रोडक्सनका संचालक विजय चौधरीले निर्देशन गरेका हुन् ।
WRITE COMMENTS FOR THIS ARTICLE