गगन थापा र प्रचण्डबीच भेटवार्ता

बुधबार ९ बैशाख २०८३
काठमाडौं/ नेपाली कांग्रेसका नेता गगन कुमार थापा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ।
मंगलबार साँझ प्रचण्ड निवासमा भएको भेटमा देशको वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल भएको जानकारी दिइएको छ। कांग्रेसका प्रवक्ता देवराज चालिसे का अनुसार भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमबारे विचार आदान–प्रदान भएको थियो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि थापा र प्रचण्डबीच भएको यो पहिलो औपचारिक भेटवार्ता हो।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE