हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ९ । देशमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार दिउँसो देशका पहाडी र हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा अन्य पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
यस्तै, रातिको समयमा पनि पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
विभागले सम्भावित चट्याङ र वर्षाबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE