शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

सभामुखमा डीपी अर्याल लगभग निश्चित

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

बिहीबार १९ चैत २०८२
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा सांसद डोलप्रसाद (डीपी) अर्याल निर्वाचित हुने लगभग निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसहितको करिब दुई तिहाइ बहुमत समर्थनका कारण उनको जित सुनिश्चितजस्तै देखिएको हो ।
सभामुखको निर्वाचन यही चैत २२ गतेका लागि तय गरिएको छ भने मनोनयन दर्ता शुक्रबार हुनेछ । बुधबार बसेको सर्वदलीय बैठकले निर्वाचन मिति तय गरेको हो ।
सभामुख बन्नका लागि अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति तथा साधारण सदस्य पदबाट राजीनामा दिइसकेका छन् । दलभित्र उनलाई राजनीतिक रूपमा सक्षम, समन्वयकारी र संवैधानिक प्रक्रिया बुझेका नेताका रूपमा हेरिएको छ ।
संविधानअनुसार प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने व्यवस्था छ । साथै, सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गबाट हुनुपर्ने प्रावधान छ ।
उपसभामुखमा विभिन्न विकल्प छलफलमा
उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की खुश्बु ओलीको नाम चर्चामा आएको छ । यद्यपि, नेकपा (नेकपा) लाई उक्त पद दिनेबारे पनि सत्ता पक्षभित्र छलफल भइरहेको छ ।
नेकपालाई उपसभामुख दिँदा संविधान संशोधनजस्ता विषयमा सहकार्य सहज हुने बुझाइ रास्वपाका केही नेताहरूको छ । यस्तो अवस्थामा नेकपाबाट बलावती शर्मा सम्भावित उम्मेदवारका रूपमा अघि सारिन सक्ने चर्चा छ ।
नेकपामा महिला सांसदहरूमा भीमकुमारी बुढा, पार्वती विक, निराशा चौधरी र बलावती शर्माको नाम विकल्पका रूपमा रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x