शनिबार, अशोज ५, २०८१
Saturday, September 21, 2024

सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्छौ: लिङदेन

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

आइतबार २५ चैत २०८०

काठमाडौँ  / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी चैत्र २७ गतेको पार्टीको विरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित क्षेत्रहरू तोडेर अघि बढ्ने बताएका छन् ।

उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले जुलुसलाई उत्तेजित बनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे । सरकारले कथित रूपमा तोकेका निषेधित क्षेत्रहरू राप्रपालाई मान्य नहुने बताएका हुन् ।

अध्यक्ष लिङदेनले संविधानले दिएको प्रजातान्त्रिक क्रियाकलाप अन्तर्गत विरोध गर्न पाउने अधिकारलाई सरकारले कुण्ठित पार्दै लगेको उल्लेख गर्दै निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनलाई रोक्ने प्रयत्नहरू राप्रपालाई स्वीकार्य नरहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग समान विचार राख्ने पार्टी र व्यक्तिहरूलाई एकताबद्ध भई आन्दोलनमा होमिन अध्यक्ष लिङदेनले आग्रह गरे । उनले देश बचाउने र बनाउने मुद्दामा सबै एक हुनुपर्ने बताएका छन् । प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने उनले स्पष्ट पारे ।

सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे राप्रपाले प्रतिवाद गर्ने चेतावनी दिएका छन् । स्रोत RN

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x