शनिबार, माघ १८, २०८२
Saturday, January 31, 2026

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने

फाइल तस्बिर
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

आइतबार २० साउन २०८१

काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोलि (सोमबार) विश्वासको मत लिने भएका छन्।

आगामी साउन २१ गते विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

कँडेलले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। उनले यसअघि गते वैशाख १३ गते विश्वासको मत लिएका थिए। केन्द्रमा कांग्रेस- एमालेको नयाँ गठबन्धन बनेपछि कर्णालीमा माओवादीले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो।

४० सदस्यीय कर्णालीको प्रदेश सभामा कांग्रेस र एमाले स्पष्ट बहुमतमा रहेका छन्। प्रदेसमा कांग्रेसका १४ र एमालेका १० गरी २४ सांसद रहेका छन्।

त्यस्तै माओवादी केन्द्रका १३ तथा राप्रपा एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सांसद छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x