ठमेलबाट युगाण्डाका २० महिला पक्राउ

बुधबार ११ चैत २०८२
काठमाडौं । ठमेल क्षेत्रबाट यौनधन्दामा संलग्न रहेको आरोपमा युगाण्डाका २० विदेशी महिला पक्राउ परेका छन्।
प्रहरीका अनुसार ठमेल फायरचोक स्थित सार्वजनिक सडकखण्डबाट ती महिलालाई नियन्त्रणमा लिइएको हो। उनीहरू सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकसँग मोलमोलाइ गर्दै यौनधन्दा सञ्चालनमा संलग्न रहेको आरोप छ।
पक्राउ परेका महिलाहरूले सर्वसाधारण तथा पर्यटकलाई बाटो छेकी अश्लील गतिविधिसम्बन्धी प्रस्ताव राख्दै दुःख हैरानी दिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको छ। हाल उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट १२ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौर मार्फत अनुसन्धान अगाडि बढाइएको छ।
यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौं का प्रवक्ता पवनकुमार भट्टराई ले थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE