शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग भएको भन्दै छानबिनको माग

Spread the love

सोमबार १५ असार २०८३
काठमाडौं। नेकपा (एमाले)की सांसद रेखाकुमारी झाले सरकारी प्रयोजनका लागि खरिद गरिएका सवारीसाधनमा निजी (रातो) नम्बर प्लेट प्रयोग भइरहेको भन्दै सरकारसँग छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन्।
राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपाल खानेपानी संस्थान राजविराज, मोरङको पथरीशनिश्चरे नगरपालिका तथा काठमाडौंका केही सार्वजनिक निकायमा सरकारी कोषबाट सञ्चालन हुने सवारीसाधनमा सेतो सरकारी नम्बर प्लेट हटाएर रातो निजी नम्बर प्लेट प्रयोग गरिएको तथ्य सार्वजनिक भएको बताइन्।
उनले सरकारी सवारीसाधनलाई निजी प्रयोजनका लागि प्रयोग गर्न नम्बर प्लेट परिवर्तन गरिएको आरोप लगाउँदै यस्तो कार्य कानुन र सुशासनको मर्मविपरीत भएको उल्लेख गरिन्।
सांसद झाले राज्यको स्रोतबाट इन्धन, मर्मतसम्भार तथा सञ्चालन खर्च व्यहोर्ने सरकारी सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग हुनु सार्वजनिक स्रोतको दुरुपयोग भएको बताउँदै सरकारले प्रभावकारी अनुगमन, निष्पक्ष छानबिन तथा दोषीमाथि आवश्यक कारबाही अघि बढाउनुपर्ने माग गरिन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x