बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

शुक्रबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम 

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

शुक्रबार ११ असोज २०८१

काठमाडौं /  नेपाली बजारमा आज (शुक्रबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम भएको छ । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार, सोमबार, मंगलबार, बुधबार र बिहीबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । शुक्रबारसहित लगातार पाँच दिन सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँ पुगेको छ । बिहीबार सुन प्रतितोला १ लाख ६० हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ५ सय रूपैयाँ बढी हो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv