राष्ट्रिय सूचना आयोगको १७औं स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले गरेका काम, कारबाहीबारे जनताले थाहा पाउनु पर्ने बताए ।

जनताले आफूले तिरेको कर कँहा, कसरी खर्च भैरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक भएको उनको भनाइ छ ।
उनले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र नभई सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए ।
उनले कानून कार्यान्वयन भएको यो अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रुपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै नबनेको बताए ।







WRITE COMMENTS FOR THIS ARTICLE