आइतवार, मंसिर २९, २०८२
Sunday, December 14, 2025

म फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना देख्दैछुः ओली

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

आइतबार २ कार्तिक २०८२

काठमाडौं / एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्न सक्ने जिकिर गरेका छन् ।

आइतबार सञ्चार माध्यमका सम्पादकहरुसँगको कुराकानीमा ओलीले अहिलेकै अवस्था रहिरहे आफू प्रधानमन्त्रीमा फर्कने दाबी गरेका हुन् । जनताले अरुबाट देश नचल्ने रहेछ भन्ने बुझ्ने र आफू प्रधानमन्त्रीमा फर्कने सम्भावना रहेको दाबी उनको छ ।

‘यस्तै हुँदै गयो भने केपी ओली फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि त । यो किन सहने ?’, ओलीले भने, ‘फेरि पनि यो अरुबाट नहुने रहेछ भनेर यस्तो अराजकता चल्छ ? भन्ने कुरा आउँछ ।’

ओलीले सञ्चार माध्यमका सम्पादकहरुले सम्पादकीय लेखेर आफूलाई प्रधानमन्त्रीमा फर्कन आग्रह गर्ने दिन आउने दाबी गरे । ‘तपाईंहरूले अहिले त अलि मेलो पाउनुभएको छैन’, ओलीले भने, ‘तर, तपाईंहरूले सम्पादकीय लेखेर भन्नुहुन्छ, ल्याऔं केपी ओलीलाई भनेर ।’

जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला ओली २४ भदौमा बालुवाटारबाट सैनिक हेलिकोप्टर चढेर भागेका थिए ।

जब सेनाले ओलीको मोबाइल फोन खोस्यो…
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले बालुवाटार छाडेर भागेपछि नेपाली सेनाले आफ्नो मोबाइल फोन खोसेको बताएका छन् । जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि ओली २४ भदौमा हेलिकोप्टर चढेर बालुवाटारबाट भागेका थिए ।

उनलाई सेनाले मकवानपुरको सुपारेटार ब्यारेकमा राखेको थियो ।

कुराकानीमा ओलीले २४ गतेपछि सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ नखाँदासम्म आफूलाई मोबाइल फोन चलाउन नदिइएको बताए । कार्कीलाई ओलीकै लिखित पत्रका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए ।

‘भदौ २४ गते राजीनामा दिएपछि म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिइन्। ओलीले भने, मेरो मोबाइल सिज गरिएको थियो । त्यसकारण भदौ २७ गते बेलुकीसम्म म सम्पर्कमा थिइनँ ।’ source global Nepal

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x