शुक्रबार, माघ १७, २०८२
Friday, January 30, 2026

सुनको मुल्यमा २० हजार भन्दा धेरैले वृद्धि 

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
sharethis sharing button
बिहीबार १५ माघ २०८२

काठमाडौं / स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ कायम भएको छ।

बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको थियो।

यसैगरी, गत मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x