कल्याणकारी सहकारीद्वारा धितो लिलामका लागि १५ दिने सार्वजनिक सूचना जारी

बिहिवार १२ चैत २०८२
काठमाडौँ / काठमाडौँको पुरानो बानेश्वरमा प्रधान कार्यालय रहेको कल्याणकारी सहकारी संस्था लिमिटेडले ऋण चुक्ता नगर्ने ऋणीहरूको धितो लिलाम बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ। संस्थाले सार्वजनिक सूचना जारी गर्दै ऋणी तथा व्यक्तिगत जमानतकर्ताहरूलाई ऋण भुक्तानीका लागि अन्तिम अवसर दिएको हो।
संस्थाले भाखा नाघिसकेको ऋण असुलीका लागि पटक-पटक पत्राचार र मौखिक जानकारी गराउँदा पनि ऋणीहरूले बेवास्ता गरेपछि धितोमा रहेको सम्पत्ति लिलाम गर्ने निर्णय गरेको जनाएको छ।
को-को छन् लिलाम सूचीमा?
सूचनाअनुसार लिलाम प्रक्रियामा समावेश गरिएका मुख्य ऋणीहरू यस प्रकार छन्:
पुनिता कुमारी चौधरी (सप्तरी)
कृष्ण कुमारी चौधरी (सिरहा)
रेशमी देवी चौधरी (उदयपुर)
कमल नारायण चौधरी (सिराहा)
बद्रीकुमारी चौधरी (सिरहा)
लिलाम प्रक्रिया र सर्तहरू:
१. समयसीमा: इच्छुक व्यक्ति वा संघ-संस्थाले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको प्रधान कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ।
२. बोलपत्र फारम: बोलपत्र फारम संस्थाको कार्यालयबाट रु. १,००० (फिर्ता नहुने गरी) बुझाएर प्राप्त गर्न सकिनेछ।
३. धरौटी रकम: आफूले कबोल गरेको रकमको १० प्रतिशत बराबरको रकम ‘कल्याणकारी सहकारी संस्था’को नाममा रहेको NIMB बैंकको खाता (न. ०१९०५०२००२९५३७) मा जम्मा गरी भौचर वा नगद रसिद संलग्न गर्नुपर्नेछ।
४. सम्पत्ति निरीक्षण: लिलाम हुने धितोको विवरण र अवस्थाबारे जानकारी लिन इच्छुकले कार्यालय समयमा संस्थामा सम्पर्क गरी जानकारी लिन सक्नेछन्।
संस्थाका अनुसार, शिलबन्दी बोलपत्रहरू आगामी २०८२ चैत २३ गते दिउँसो २:०० बजे खोलिनेछ। प्राप्त बोलपत्रहरू स्वीकृत गर्ने वा नगर्ने पूर्ण अधिकार सहकारी संस्थामा सुरक्षित रहने समेत सूचनामा स्पष्ट पारिएको छ।
यदि निर्धारित समयभित्र पनि ऋण चुक्ता नभएमा प्रचलित कानुनबमोजिम धितो लिलाम गरी संस्थाको लेना रकम असुलउपर गरिने सहकारीले जनाएको छ।

RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE