बिहिबार, असार ११, २०८३
Thursday, June 25, 2026

नेपालमा मनसुन प्रवेश : सरदरभन्दा ६ दिन ढिलो

काठमाडौं । यस वर्ष नेपालमा मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी भित्रिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशका केही भूभागबाट मनसुन नेपाल प्रवेश गरेको हो।
सामान्यतया नेपालमा मनसुन पूर्वी क्षेत्रबाट जुन १३ तारिखमा भित्रिने गर्दछ। तर यस वर्ष मनसुनको आगमन जुन १९ मा भएको महाशाखाले जनाएको छ।
हाल मनसुन कमजोर अवस्थामा रहेको र देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने मौसमविद्हरूले बताएका छन्। महाशाखाले मनसुन विस्तारको अवस्थाबारे नियमित रूपमा अद्यावधिक जानकारी दिइने जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x