शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

रवि लामिछानेसँग बयान आज लिने

Spread the love

शुक्रबार ७ भदौ २०८१

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पुर्ब मन्त्री रवि लामिछानेसँग आज बयान लिने भएको छ।

सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज  लामिछानेसँग बयान लिने लागेको हो।

लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीमा नाम जोडिएको र गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि आजै बयानका लागि बोलाइएको छ। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको समय दिएको छ।

समितिले गत आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर बयान लिएको थियो। विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उहाँको हस्ताक्षर चल्ने गरेको बयान दिएका थिए।

यसअघि बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफू बयान दिन जाने बताएका थिए।  समिति छानबिनको अन्तिम चरणमा रहेको र लामिछानेको बयानपछि प्रतिवेदन लेखेर संसदमा पेश गर्ने सभापति सूर्य थापाले बताएका छन् ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x