बुधबार, बैशाख २३, २०८३
Wednesday, May 6, 2026

पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ, इन्साइडर ट्रेडिङ आरोपमा अनुसन्धान सुरु

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

बिहीबार १० बैशाख २०८३
काठमाडौ / प्रहरीले नेपालका चर्चित व्यवसायी शेखर गोल्छा लाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले उनलाई काठमाडौँको नारायणचौर (नक्साल) क्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार, हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड ले अनुसन्धानका लागि सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको हो।
हिमालयन रिइन्स्योरेन्स लिमिटेड का तत्कालीन अध्यक्ष समेत रहेका गोल्छाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिइएको प्रहरीले जनाएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा विवादित व्यवसायी दिपक भट्ट सँगको व्यावसायिक कारोबारमा गोल्छाको संलग्नता देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन्। अहिले उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x