भारतले चाँदीलाई ‘प्रतिबन्धित’ सूचीमा राख्यो, आयातमा लाइसेन्स अनिवार्य

आइतबार ३ जेठ २०८३
काठमाडौं / भारतको केन्द्र सरकारले चाँदीको आयातलाई ‘प्रतिबन्धित’ श्रेणीमा राख्दै नयाँ व्यवस्था लागू गरेको छ। शनिबारदेखि लागू हुने गरी लिइएको यो निर्णयसँगै अब शुद्ध चाँदी बाहेकका चाँदीजन्य वस्तु आयात गर्न सरकारको पूर्व स्वीकृति लिनुपर्ने भएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार, विदेशबाट आउने सुन वा प्लेटिनम प्लेटेड चाँदी आयात गर्न समेत सरकारको अनुमति अनिवार्य गरिएको छ। यसअघि यस्ता वस्तु सजिलै आयात गर्न मिल्थ्यो। नयाँ व्यवस्थापछि आयातकर्ताले सरकारबाट लाइसेन्स लिएर मात्रै चाँदी भित्र्याउन पाउनेछन्।
सरकारले यसअघि मे १३ मा नै सुन र चाँदीको आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको थियो।
विदेशी मुद्रा सञ्चिति जोगाउने र ऊर्जा संकटको चाप कम गर्ने उद्देश्यले यो कदम चालिएको विश्लेषण गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि एक वर्षसम्म सुन नकिन्न, पेट्रोल-डिजेलको खपत घटाउन र अनावश्यक विदेश यात्रा नगर्न सर्वसाधारणलाई अपील गरेका थिए।
भारत विश्वकै ठूलो चाँदी आयातकर्ता मुलुकमध्ये एक हो। नयाँ प्रतिबन्धले नेपालसहित छिमेकी मुलुकको चाँदी बजार र भाउमा समेत प्रभाव पार्ने सम्भावना छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE