कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक आज सानेपामा बस्दै

आइतबार ३ जेठ २०८३
काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठक आइतबार बिहान साढे ११ बजे बस्ने गरी बोलाइएको पार्टी स्रोतले जनाएको छ । बैठकमा पार्टीका सभापति गगन थापा सहित शीर्ष नेताहरूको सहभागिता रहने बताइएको छ ।
प्रतिष्ठानका अध्यक्ष तथा पार्टी उपसभापति विश्व प्रकाश शर्माको अध्यक्षतामा हुने बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।
बैठकमा पार्टीको नीति, अनुसन्धान, प्रशिक्षण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE