वैशाख २८ मा संसद् अधिवेशन बोलाइयो

मंगलबार २२ बैशाख २०८३
काठमाडौं / रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गतेका लागि आह्वान गरेका छन्। राष्ट्रपतिले सोमबार दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन्। यसअघि सरकारले सोही दिन अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो, जसअनुसार राष्ट्रपतिले औपचारिक रूपमा अधिवेशन बोलाएका हुन्। अब उक्त अधिवेशनमा समसामयिक राजनीतिक विषय, विधेयकहरू र सरकारका कामकारबाहीबारे छलफल हुने अपेक्षा गरिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE