सप्तरी–३ मा धनिकालाल चौधरी चुनावी मैदानमा

बिहीबार १५ माघ २०८२
सप्तरी / आम जनता पार्टीका तर्फबाट धनिकालाल चौधरी सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चौधरीले सप्तरी–३ बाट मनोनयन दर्ता गराएका हुन्। जनताको हक–अधिकार, सुशासन र समावेशी विकासलाई मुख्य एजेन्डा बनाउँदै चुनावी मैदानमा उत्रिएका चौधरीले आम जनताको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।
उम्मेदवार चौधरीले लामो समयदेखि जनस्तरमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। स्थानीय समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य र किसानका मुद्दालाई प्राथमिकतामा राख्दै संसद्मा आवाज उठाउने प्रतिबद्धता उनले जनाएका छन्।
चौधरीले आम मतदातालाई मोबाइल छापमा मतदान गर्न आग्रह गर्दै जनताको साथ र विश्वासले मात्र परिवर्तन सम्भव हुने बताएका छन्। आम जनता पार्टीले सप्तरी–३ मा सशक्त उम्मेदवारका रूपमा चौधरीलाई अघि सारेको जनाएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE