आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

युरोकप फुटबलः स्पेनले चौथो पटक उपाधि जित्न सफल

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

सोमबार ३१ असार २०८१

काठमाडौं। स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि जितेको छ। बर्लिनमा भएको फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले युरोपेली च्याम्पियनशीपको उपाधि जितेको हो।

दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो। लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरे।

७३औं मिनेटमा इङ्ल्यान्डका लागि कोल पालमरले बराबरी गोल गरे। तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो। मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए।

स्पेनको यो चौथो युरो उपाधि हो। इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ। इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv