आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

दक्षिण एसियाकै सबैभन्दा खुसी देशको सुचिमा नेपाल 

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं /विभिन्न समस्याका बाबजुद पनि नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको सूचीमा पर्न सफल भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट (डब्लूएचआर) २०२५ ले विश्वका सुखी देशहरूको अवस्था सार्वजनिक गरेको हो । जसअनुसार नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा परेको छ ।

डब्लूएचआरका अनुसार दक्षिण एसियामा नेपाल ९२औं स्थानमा रहेको छ भने छिमेकी देश भारत ११८आंै स्थानमा रहेको छ । यसै गरी पाकिस्तान १०९औं स्थानमा, श्रीलंका १३३औं स्थानमा, बंगलादेश १३४औं स्थानमा रहेको छ । यसै गरी चीन ६८औं स्थानमा र अमेरिका २४औं स्थानमा रहेका छन् । सो प्रतिवेदनका अनुसार विश्वमा सबैभन्दा धेरै खुसी हुने देशको शीर्ष स्थानमा फिनल्यान्ड रहेको छ ।

यसै गरी दोस्रो स्थानमा डेनमार्क, तेस्रो स्थानमा आइसल्यान्ड, चौथो स्थानमा स्विडेन, पाँचौं स्थानमा नेदरल्यान्डस्, छैटौं स्थानमा कोस्टारिका, सातौं स्थानमा नोर्वे, आठौं स्थानमा इजरायल, नवौं स्थानमा लग्जम्बर्ग र १०औं स्थानमा मेक्सिको रहेको डब्लूएचआरले जनाएको छ । जीवनको मूल्यांकन, सकारात्मक सोच, नकारात्मक भावना र जीवनको मूल्यांकन तथा भावनाको तुलनात्मक अध्ययन गरेर खुसी हुने देशहरूको मापन गरिएको रिपोर्टमा उल्लेख छ ।

न्युज अफ नेपालबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest


0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Jayjanatatv

Jayjanatatv