आज बागमती प्रदेशमा सार्वजनिक बिदा

बिहीबार २४ बैशाख २०८३
काठमाडौ / बागमती प्रदेश सरकारले आज बिहीबार ‘भाषा दिवस’ को अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी सूचनाअनुसार प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा विद्यालय बन्द रहनेछन्।
प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी ऐन कार्यान्वयन भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते ‘भाषा दिवस’ मनाउँदै आएको छ।
बागमती प्रदेश सरकारले २०८० वैशाख २४ गतेदेखि सरकारी कामकाजमा भाषासम्बन्धी ऐन लागू गरेको थियो। सोही दिनलाई संस्थागत गर्दै वार्षिक क्यालेन्डरमा सार्वजनिक बिदाको रूपमा समावेश गरिएको हो।
हाल प्रदेशमा नेपाल भाषा र तामाङ भाषा लाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गरिँदै आएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE