शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

समानुपातिक तर्फको उम्मेदवार छनोटका लागि तिलक थापाको नेतृत्वमा आजपाले गठन गर्यो कार्यदल

  • 93
  •  
  •  
  •  
  •  
  •  
  •  
    93
    Shares

शुक्रबार ४ पुस २०८२

काठमाडौं / आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।
आजपा सहअध्यक्ष तिलक थापामगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन् । तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको नामावली छनोटका लागि कार्य गर्ने छ ।

पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्धारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्ने लगायतका मापदण्ड अनुसार समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रबिन्द्र सिंहले जनाएका छन् ।

यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्न समेत निर्देशन दिएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रीत छलफलमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार छनोट बारेमा बैठकले निर्णय गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x