शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

बादल एमाले संसदीय दलको नेता चयन

  • 42
  •  
  •  
  •  
  •  
  •  
  •  
    42
    Shares

बुधबार १८ चैत २०८२

काठमाडौं / रामबहादुर थापा बादल नेकपा (एमाले) को संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन्।
बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो। दलको नेताका लागि दाबी गरेका सुहाङ नेम्वाङ ले प्रस्तावक र समर्थक नपाएपछि बादल निर्विरोध निर्वाचित भएका हुन्।
दलको नेता चयनपछि निर्णय सार्वजनिक गर्दै बादलले निकट भविष्यमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिने जानकारी दिए। उक्त कार्यक्रम चैत २१ गतेका लागि तय गरिएको छ।
बैठकले केपी शर्मा ओली र रमेश लेखक को गिरफ्तारीप्रति विरोध जनाउँदै प्रस्ताव पारित गरेको पनि उनले बताए। उनले संसदमा आफ्नो दलले सशक्त रूपमा एजेन्डा उठाउने र प्रतिपक्षको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
यता, नेता चयन प्रक्रियाबारे प्रतिक्रिया दिँदै नेम्वाङले अपेक्षाअनुसार परिणाम नआएको बताए। उनले संसदमा सत्ता–प्रतिपक्षभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधिसभामा एमालेका २५ सांसद रहेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x