काठमाडौंमा गोली चल्दा दुई भारतीय नागरिक पक्राउ

मङ्गलबार २४ चैत २०८२
काठमाडौं । काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रमा प्रहरीको गोली प्रहारपछि दुई जना लागूऔषध कारोबारी पक्राउ परेका छन्।
सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारबाहीका क्रममा गोली चलाएको हो। उक्त घटनामा संलग्न दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE