बुधबार, असार ३१, २०८३
Wednesday, July 15, 2026

मेरोकित्ता मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर

Spread the love

बिहीबार २१ जेठ २०८३
काठमाडौँ । जग्गाधनीहरूले अब जग्गासम्बन्धी विभिन्न सेवा घरमै बसेर मोबाइल एपमार्फत प्राप्त गर्न सक्ने भएका छन्। नागरिकलाई प्रविधिमैत्री र सहज सेवा प्रदान गर्ने उद्देश्यले नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको हो।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावल को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा उक्त एप औपचारिक रूपमा सार्वजनिक गरिएको नापी विभागले जनाएको छ। विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध भइसकेको छ, जसलाई प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ।
‘मेरोकित्ता’ एप सञ्चालनमा आएपछि सर्वसाधारणले नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनलगायतका सेवाका लागि अनलाइनबाटै आवेदन दिन सक्नेछन्।
विभागले यस एपमार्फत सेवाग्राहीलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउने अपेक्षा गरेको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत भूमि प्रशासन सम्बन्धी सेवामा पहुँच विस्तार गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य विभागको रहेको जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x