गाउँपालिका अध्यक्षकै आडमा अध्यक्षको छोरा दिलीप र अशोक शाहले गरे महिला उपर दुर्ववहार

सर्लाही,२ मंसिर। सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकाको अध्यक्ष राम पदार्थ साहको आडमा अध्यक्षको छोरा दिलीप शाह र अशोक शाह व्यापक गुण्डागर्दी गरेको आरोप लागेको छ ।
जेन-जी सदस्यमाथि अध्यक्षको छोरा दिलीप शाह र अशोक शाह गुण्डागर्दी शैलीमा आक्रमण गरेको तथा घरनै घेराउ गरेको भिडियो सार्वजनिक भएको छ ।ब्रह्म्पुरी गाउँपालिका वडा नं २ निवसी प्रगास साहको छोरा जेनजी युवा शषी साह उपर गाउँपालिका अध्यक्षको द्व छोराहरू दिलीप शाह, अशोक शाह तथा भतिजा सुनिल शाहले आक्रमण गरेको घटना सार्वजनिक भएको छ।
गाउँपालिका अध्यक्षका द्व छोरा र भतिजले गुन्डागर्दी शैलीमा ठुलो समूह लिएर जेनजी युवा साहको घर घेराउ गरि घरमै पसेर कुटपिट तथा गाली ग्लौज गरेको घटना सार्वजनिक भएको छ ।
जेनजी घाईते युवाको उपचार प्रादेशिक अस्पताल मलंगवामा भईरहेको छ ।
घाइते युवाले कार्तिक ३० गते राति भएको झगडा दुई युवाबीचको व्यक्तिगत विवाद थियो। आफुलाई सो घटनाबारे केही थाहा नहुदा नहुदै मेरो घरमा अध्यक्षको छोरा सहितको भिड आएर कुटपिट गरेको बताए ।
यश अघि पनि गत असोजमा यी व्यक्तिहरूले आफु उपर आक्रमण गरेको थियो ।असोजमा ४ गते यी व्यक्तिहरू विरुद्ध जिल्ला प्रहरीमा आधिकारिक निवेदन दिइएको थियो। निवेदन दर्ता भएपछि गाउँपालिका अध्यक्ष स्वयं, उनका छोराहरू दिलीप शाह र अशोक शाहले “अबदेखि युवाहरूमाथि कुटपिट, धम्की वा कुनै दादागिरी नगर्ने” भन्दै कागजी हस्ताक्षर गरेर प्रतिबद्धता जनाएको घाइते जेनजी युवा शषीले बताए।
यसैगरी गाउँपालिका अध्यक्षको द्वय छोरा र भतिजले गाउँपालिका अध्यक्षकी प्रतियासी उम्मेदवार रिता साहलाई असलिल गाली ग्लौज गरेको छ । रिता साहले आफुलाई घटनाको विषयमा अतोपतो नभएको तर अध्यक्षको छोरा तथा भतिज सहितको सयौंको संख्यामा आएको भिडमा उनिहरुले असलिल गाली गलौज गरेको गुणासो गर्नुभयो ।
उहाले कानुनी राज्यमा सताको दम्भको आडमा गाउँपालिका अध्यक्षकै निर्देशनमा अध्यक्षको छोराले मलाई अश्लिल गाली गलौज गरेको आरोप लगाउनु भयो । अध्यक्षको छोराले गाली गलौज गरेको प्रमाण समेत सुरक्षित रहेको उहाले बताउनुभयो ।
जेनजी युवा कुटपिट र मलाई गाली गलौज गरेपछि प्रहरीले २४ घण्टाको लागि गाउँपालिका अध्यक्षको छोरालाई नियन्त्रणमा लिएर छाडेको अध्यक्षकी प्रतियासी साहले जानकारी दिनुभयो ।
आज( मंगलबार ) आफुहरुले प्रहरीमा अपमान जनक तथा अमानवीय व्यवहारमा जाहेरी दिइसकेको र गाउँपालिका अध्यक्षका छोरा भतिजलाई कार्वाहीको आफुहरुको माग गरेको अध्यक्षकी प्रतियासी साहले बताउनुभयो ।
जेन-जी समूहका युवामाथि पछिल्ला दिनहरूमा भएको योजनाबद्ध आक्रमण, कुटपिट, घरमै पुगेर परिवारलाई धम्क्याउने र युवाहरूलाई लक्षित गरेर डर पैदा गर्ने उद्देश्यले चलाइएको गतिविधिप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको जेनजी सर्लाहीका तदर्थ समितिका संयोजक सुनिल महतोले बताए ।
यि घटनाको सन्दर्भमा कार्तिक ३० गते राति भएको झगडा दुई युवाबीचको मात्र व्यक्तिगत विवाद थियो। हाम्रो समूह वा हाम्रो कुनै सदस्य त्यसमा कुनै पनि रूपमा सहभागी थिएनन्। तर सोही बहाना बनाएर जेन-जी का सदस्यलाई कुटपिट गर्ने, घरमै पुगेर परिवारलाई धम्काउने, गाउँमा पट्टा लिएर युवाहरूमाथि दादागिरी र मनोवैज्ञानिक दबाब सिर्जना गर्ने जस्ता अपराध खुलेआम गरिएको तदर्थ समिति अध्यक्ष कुशवाहाले बताए। यी सबै घटनाका मुख्य योजनाकार गाउँपालिका अध्यक्ष तेली, र प्रत्यक्ष कार्यान्वयनकर्ता अध्यक्षको छोराहरू तथा भतिजा प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणित भइसकेको विज्ञप्ति मार्फत जेन-जी ब्रह्म्पुरीका इन्चार्ज राहुल शाहले उल्लेख गरेको छ। स्थानीय नेतृत्वकै आडमा युवामाथि दमन गर्ने प्रवृत्ति अब सह्य नभएको जेन-जी ब्रह्म्पुरीका इन्चार्ज शाहले बताए ।
यस्तै, दिपावलीभन्दा अगाडि पनि सामान्य विषयलाई मुद्दा बनाई जेन-जी लाई नै लक्षित गरेर ठूलो झगडा बनाउने अपराधीक मनस्थिति देखिएको थियो। यो पुनरावृत्ति कुनै संयोग होइन-यो युवालाई चुप गराउने, त्रास फैलाउने र भ्रष्ट क्रियाकलाप लुकाउने सुनियोजित प्रयास भएको जेन-जी इन्चार्ज शाहले बताए ।
गत असोज ४ गते यी व्यक्तिहरू “अबदेखि युवाहरूमाथि कुटपिट, धम्की वा कुनै दादागिरी नगर्ने” भन्दै कागजी हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका थिए। तर यथार्थ हस्ताक्षर गरेको बिर्सिएझैँ, प्रतिबद्धता फुटाएर, पुनः युवाहरूलाई लक्षित गरेर कुटपिट, घरमै पुगेर धम्की, आतंक सिर्जना फेरि गरेको ब्रह्म्पुरी इन्चार्ज शाहले भने ।
अब गत असोज ४ को निवेदन अनुसार अध्यक्ष राम पदार्थ शाह तेली, दिलीप शाह, अशोक शाह र सुनिल शाहलाई तत्काल ‘गिरफ्तारी’ गरी कानूनी प्रक्रिया अघि बढाइयोस् जेनजी युवाको माग रहेको छ किनकि कानून स्पष्ट छ हस्ताक्षरित प्रतिबद्धता उल्लङ्घन, पुनरावृत्ति अपराध , बिना ढिलाइ गिरफ्तारी प्रक्रियामा लैजानैपर्छ। अब “छानबिन”, “हेरेर आउँछु”, “बोलाउँछौँ” जस्ता बहाना चल्दैन जेन-जी ब्रह्म्पुरीका इन्चार्ज शाहले बताए
यदि अध्यक्ष तेली, उनका छोराहरू र भतिजा ०८२/०६/०४ को निवेदन अनुसारै पक्राउ नगरेमा, सर्लाही भरका जेनजी युवा खुला आन्दोलनमा उत्रने जेन-जी ब्रह्म्पुरीका इन्चार्ज शाहले प्रशासनलाई कडा चेतावनी दिएको छ।
त्यस आन्दोलनको सम्पूर्ण जिम्मेवारी स्थानीय नेतृत्वले होइन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिनुपर्नेछ साहको भनाई छ ।
जिल्ला प्रहरी कार्यलयका प्रवक्ता तथा डिएसपी सरोज राईले गाउँपालिका अध्यक्षको छोरा दिलिप साहलाई २४ घण्टाको लागि नियन्त्रण लिएको र २४ घण्टा पछाडि छोडिएको बताए । उहाले घटना समान्य रहेको र जाहेरी समेत नआउँदा कानुनी प्रक्रिया अगाडी नबढेको जानकारी दिए ।
पत्रकार बख्तियार अलि सँग कुराकानी गर्दै सर्लाहीको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहले आफू र आफ्नो परिवारमाथि राति आक्रमणको प्रयास भएको दाबी गरे । जेनजी पुस्ताको नाममा केही अराजक मानिस आएर आफ्नो छोरा तथा आफनाे परिवारका सदस्यमाथि दुव्र्यवहार र कुटपिट गरेकाे बताएको उनले बताए ।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE