तामाङ भाषाको कथानक चलचित्र “तामाङला कोला” चैत २३ गते प्रदर्शन हुने

सोमबार १२ फागुन २०८१
एन्न्टिना घनश्याम
काठमाडौ / तामाङ भाषाको कथानक चलचित्र “तामाङला कोला” को यहि चैत २३ गते पहिलो प्रीमियर शो चलचित्र बिकाश बोर्डको हलमा हुने भएको छ।
लामो समयदेखी कला क्षेत्रमा पाइला टेकेका निर्माता, निर्देशक मुकेश तामाङले हालसालै निर्माण गरेको तामाङ जातिको पुर्ख्यौली कथामा आधारित यो फिल्ममा डि. बि स्याङ्तान,अबिना गोले, नरबहादुर तामाङ ,निरु गुरुङ ,कृष्ण ब.तामाङ ,डोल्मा मोक्तान लगायतको प्रमुख भुमिका रहेको छ।
उक्त फिल्ममा एदिप कुलुङ,बिनोद बिष्ट,रमेश बिष्ट ले छायांकन गरेका छन भने सम्पादन चर्चित सम्पादक बिश्वास भण्डारी ले गरेका हुन। विशाल योन्जनले संगीत गरेको यो फिल्ममा,कलर रोनिश बिशुन्खे,द्रन्द राज लाम्गादे,रुपेश योन्जन तामाङ रहेका छन। रुपेश योन्जन तामाङ निर्माता रहेको यो फिल्ममा ,डोल्मा मोक्तान र कृष्ण ब. तामाङ सह निर्माता रहेका छन् । वाइल्ड याक मोशन पिक्चर्शको प्रस्तुती रहेको उक्त फिल्म तामाङ जातिको उत्थानको लागि अभिप्रेरित रहेको निर्देशक मुकेश तामाङ ले बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE