सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

अभिनेता धर्मेन्द्रको निधन

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौ  / भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षको उमेरमा सोमबार दिउँसो १ बजेतिर आफनै घरमा उनको निधन भएको समाचार एजेन्सी आईएएनएसले जनाएको छ।

उनको परिवारबाट कुनै आधिकारिक वक्तव्य भने जारी गरिएको छैन। विले पार्ले शवदाह गृहमा धेरै चलचित्रकर्मीहरू भेला भएका छन्। धर्मेन्द्रका परिवारका सदस्यहरू पनि त्यहाँ उपस्थित रहेको भारतीय सञ्चार माध्‍यम आजतकले जनाएको छ।

अमिताभ बच्चन, उनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि स्वर्गीय अभिनेतालाई अन्तिम बिदाइ दिन पुगेका छन्। यद्यपि आधिकारिक बयान आउन बाँकी छ। धर्मेन्द्र लामो समयदेखि बिरामी थिए।

करण जोहरले धर्मेन्द्रको निधनको पुष्टि गर्दै आफ्नो आधिकारिक सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x