बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परेका युवा रिहा

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

पाँचथर, २९ चैत ।
प्रधानमन्त्री बालेन्द्र शाहलगायतका नेताहरूलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिश कर्णका अनुसार उनलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा आफन्तको जिम्मा लगाएर रिहा गरिएको हो।
फाल्गुनन्द गाउँपालिका–७, पाँचथरका पोखरेललाई चैत २६ गते पक्राउ गरिएको थियो। नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।
उनको पक्राउको विषय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाहप्रति विभिन्न प्रतिक्रिया तथा आलोचना देखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x