शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

थारु भाषालाई गरेको विभेद प्रति आपत्ति जनाउदै चरणबद्ध आन्दोलन गर्ने तुल्सी थारुको चेतावनी

Spread the love

 

बिहीबार १० माघ २०८१
सप्तरी / मधेश प्रदेश सभामा सरकारी कामकाजको भाषामा थारु भाषा नसमेटिएकोमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सचीव तुल्सी थारुले
घोर आपत्ती प्रकट गरेको छ।
मधेश प्रदेशमा सरकारी कामकाजको भाषा समबन्धमा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्माले
बुधबार प्रदेशको सरकारी कामकाजको भाषाको लागि बनेको बिधेयक २०८१ प्रदेश सभाको पेश गरेको प्रती घोर आपत्ति जनाएको हो ।

उनले भने,मधेसमा नेपाली भाषा अतिरिक्त मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अङ्ग्रेजीलाई सरकारको कामकाजको भाषामा थारु भाषा पनि समेटिनु पर्छ। जब कि मधेश प्रदेशको ८ वटै जिल्लामा थारुको बसोबास रहेको छ।

उनले भने,मधेश प्रदेशमा ५% थारुको जनसंख्या हुँदा हुँदै पनि सरकार निरीह रहेको छ। थारु भाषा प्रति गरेको विभेद प्रती आपती छ। अब आन्दोलनको बिकल्प छैन। जब सम्म थारु भाषालाई कामकाजको भाषा समेटिदैन तब सम्म मधेश प्रदेशका थारु सान्सदहरुलाई अबरुद्ध गर्न आग्रह गर्दछु। सडक आन्दोलन गर्न हामी तयार छौ। थारु कल्याणकारीणी सभा र थरुहट थारुवान राष्ट्रिय मोर्चाले पनि आन्दोलनको लागि तयारी रहन जरुरी छ।
जानकारी: सप्तरीमा आज बिरोध स्वरुप मसाल जुलुसको तयारी सहित १२ गते शनिबार चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि मधेश प्रदेश सरकारलाई छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x