शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

कस्तो रहला आजको मौसम ?

  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौ / देशभर मनसुनी वायुले प्रभाव पारेको छ। हाल कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

आज दिउँसो अधिकांश प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ भने मधेस, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। राति पनि देशभर बदली रहने र केही स्थानमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। भारी वर्षाको जोखिम रहेकाले बाढी, पहिरो र भूक्षयको सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x