शनिबार, साउन २, २०८३
Saturday, July 18, 2026

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

Spread the love

सोमबार १७ भदौ २०८१ twitter sharing button
काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ।

आइतबार उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरुद्धको मुद्धा मा सर्वोच्च जाने रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको स्रोतले बताएको हो।

 

जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो।

उच्च अदालत पाटनले सफाइ दिएपछि सो घटनामा पीडित भनिएकी गौशाला-२६ (परिवर्तित नाम) ले मुद्दा अगाडि नबढाइदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएकी थिइन्।

महान्यायाधिवक्ताको कार्यालयले पीडित भनिएकी गौशाला–२६ ले दिएको निवेदनलाई पनि साथमै राखेर मुद्दा अगाडि बढाउने तयारी गरेको बुझिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x