देशको अवस्था बदल्न अब खुला रुपले राजनीतिमा आए: कुलमान घिसिङ

बिहीबार २४ पुस २०८२
काठमाडौ / निवर्तमान मन्त्री कुलमान घिसिङले अब आफू राजीतिमा खुला रुपले उत्रिएको बताएका छन ।
उनले देशको अवस्था बदल्न अब आफू खुला रुपमा राजनीतिमा आएको बताएका हुन।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले अब समय आएको बताए।
‘तपाईंहरूले सोध्नुहुन्थ्यो कहिले राजनीतिमा लाग्ने भनेर’ उनले भने, ‘अब त्यो समय आएको छ। मैले मन्त्री पदबाट राजीनामा दिएँ। भोलिदेखि नै म राजनीतिमा लाग्छु।’
मन्त्री पदमा रहँदासम्म सबै ध्यान मन्त्रालयमै दिएको र तीनवटा मन्त्रालय सम्हालेको उनले बताए।
RELATED NEWS ARTICLES






WRITE COMMENTS FOR THIS ARTICLE