शुक्रबार, चैत्र २०, २०८२
Friday, April 3, 2026

अब एकै दिनमै श्रम स्वीकृति पाइने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

सोमबार १६ चैत २०८२
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि ठूलो सहजता ल्याउने निर्णय गरेको छ। अब आवेदन दिएकै दिन श्रम स्वीकृति उपलब्ध गराइने तयारी गरिएको छ।
यसअघि लागू रहेको टोकन प्रणाली हटाउँदै सोही दिन स्वीकृति दिने व्यवस्था गरिने भएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै, पूर्व-प्रस्थान अभिमुखीकरण तालिमलाई पूर्ण रूपमा अनलाइन बनाइने र श्रव्य–दृश्य सामग्री डिजिटल माध्यमबाट उपलब्ध गराइने जनाइएको छ।
सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, न्यूनतम ज्याला कार्यान्वयन गर्ने र वैदेशिक रोजगारीलाई सुरक्षित तथा व्यवस्थित बनाउन न्यूनतम मापदण्ड तयार गर्ने योजना पनि अघि बढाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x