सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

मौलापुर नगरपालिकामा तालाबन्दी, ‘अनैतिक गठबन्धन मुर्दावाद’ को नारा

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

सोमबार ४ जेठ २०८३

रौतहट / बिजुली, पानी र छोरीको विवाह सहयोगको भुक्तानी माग गर्दै रौतहटको मौलापुर नगरपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। संघर्ष समितिको अगुवाइमा नगरपालिका कार्यालय घेराउ गर्दै आन्दोलनकारीले नाराबाजी गरेका हुन्।

‘बिजुली–पानीको भुक्तानी रोक्ने षड्यन्त्र बन्द गर’, ‘छोरीलाई विवाहमा दिने सहयोग तुरुन्त देउ’, ‘अनैतिक गठबन्धन मुर्दावाद’, ‘षड्यन्त्रकारीहरू होशियार’ लगायतका नारा लगाउँदै स्थानीय नगरपालिका कार्यालयमा पुगेका थिए।

संघर्ष समितिका संयोजक भोला पाण्डेका अनुसार नगरपालिकाले वर्षौंदेखि दिँदै आएको बिजुली, पानीको भुक्तानी र छोरीको विवाहमा दिइने सहयोगको रकम अहिले रोकिएको छ। उनले आधारभूत र सामाजिक सेवा सहयोगको रकम तुरुन्त निकासा गर्नुपर्ने माग गरे।

स्थानीयको भनाइमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि नगरबासीले पाउँदै आएको सेवा रोक्ने षड्यन्त्र सुरु भएको छ। उनीहरूले प्रधानमन्त्री नेतृत्वको संघीय सरकारबाट पठाइएका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले विभिन्न बहाना बनाएर सेवा रोक्न र लोकप्रिय कार्यक्रम हटाउन लागेको आरोप लगाएका छन्।

संघर्ष समितिले यसअघि वैशाख १५ गते प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको थियो। माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएको उनीहरूको भनाइ छ। माग पूरा नभए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।

मौलापुरकी मेयर रिनाकुमारी साहले नगरपालिकामा बिजुली, पानी निःशुल्क रहेको र अन्य सेवा पनि निरन्तर दिन खोजिएको बताइन्। तर भुक्तानीमा प्रमुख प्रशासकीय अधिकृतले रोक लगाउँदा समस्या आएको उनले बताइन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x