शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

नेपालमा उत्पादित विद्युत्  बङ्गलादेश निर्यात गर्न तयारी पूरा

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

शुक्रबार ३० जेठ २०८२

काठमाडौ / नेपालमा उत्पादित ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्न आवश्यक तयारी पूरा भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पूर्वनिर्धारित समयतालिका अनुसार यही जुन १५ (असार १ गते) देखि विद्युत् निर्यात गर्न आवश्यक वित्तीय तथा प्राविधिक तयारी पूरा भएको हो ।

प्राधिकरण प्रवक्ताा तथा विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालका अनुसार बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डले विद्युत् खरिदका लागि प्रतीतपत्र पेस गरिसकेको छ । विद्युत् निर्यात भारतीय विद्युत् प्रसारण सञ्जालमार्फत हुने भएकाले भारतको नेसनल लोड डिस्प्याच सेन्टरसँग नेपाल र बङ्गलादेशका अधिकारीबिच छलफल भएर विद्युत् प्रवाहको प्राविधिक तयारी पनि पूरा भइसकेको छ । “बङ्गलादेश विद्युत् निर्यातका लागि आवश्यक पूर्वतयारीका काम सबै भइसकेका छन्,” ढकालले भन्नुभयो, “असार १ गतेदेखि दैनिक ४० मेगावाट विद्युत् भरत हुँदै बङ्गलादेश निर्यात हुने छ ।” गोरखापत्रबाट

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x