सोमवार, जेष्ठ ११, २०८३
Monday, May 25, 2026

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

शुक्रबार १३ चैत २०८२
काठमाडौं । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल ले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह लाई प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार शपथअघि नेता शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ। नेपालको संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठन हुन लागेको हो।
शपथ ग्रहण कार्यक्रम अपराह्नका लागि तय गरिएको छ। उक्त समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिसकिएको जनाइएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने तयारी छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय बहुमत हासिल गर्दै १८२ सिटमा विजय प्राप्त गरेको थियो। सोही दलले बिहीबार मात्र नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो।
झापा क्षेत्र नं. ५ बाट निर्वाचित नेता शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो। साथै, बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अजुर्ननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनियताको शपथ गराइसक्नुभएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x