शुक्रबार, मंसिर २०, २०८२
Friday, December 5, 2025

आजको मौसम : कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

बुधबार २२ असोज २०८२,

काठमाडौ /  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय बायुको कमजोर प्रभाव रहेको छ।

जसको प्रभावले आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

Jayjanatatv

Jayjanatatv

0
Would love your thoughts, please comment.x
()
x